काठमाडौं । युवा ब्याट्सम्यान रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका तर्फबाट सर्बाधिक रन बनाउने खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्धको जारी खेलमा रोहितले ज्ञानेन्द्र मल्लको रेकर्डलाई तोडेका हुन् ।
यसअघि मल्ल नेपालका लागि एकदिवसीय क्रिकेटमा ४८० रन बनाउदै सर्बाधिक रन बनाउने खेलाडी रहेका थिए ।
नेपालका लागि मल्ल पछि पुर्व कप्तान पारस खड्काले ३१५ रन बनाएका छन् ।रोहितले पपुवा न्यूगिनीविरुद्ध जारी खेलमा आफ्नो अर्धशतक पुरा गरेर खेलिरहेका छन् । रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो पाँचौ अर्धशतक हो ।
पपुवा न्युगिनीले दिएको २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले योसमाचार तयार गरुन्जेल ३७ ओभरमा ५ विकेट गुमाउँदै १८३ रन बनाएको छ ।
नेपालका लागि रोहितले ८२ रन बनाएर खेलिरहेका छन् भने भीम सार्कीले २ रन बनाएर साथ् दिइरहेका छन् ।




