समाचार

७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

काठमाडौं । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।

अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप आज (शुक्रबार) बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । ‘शुक्रबार आएको खोप पहिलो खेप हो । बाँकी क्रमशः आउने छ,’ चौरसियाले भने । विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ ।

फाइजर खोप १२ वर्ष भन्दा उमेरका नागरिकलाई दिइने छ । पछिल्लो तथ्याङ्क अनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *