काठमाडौं । पपुवा न्युगिनीले जारी एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाललाई २९३ रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाउदै २९२ रन बनाएको हो ।
पपुवा न्युगिनीका लागि चार्लेज अमिनीले सर्बाधिक ७७ रन बनाए भने कप्तान असाद भालाले ६० रन बनाएका थिए ।
त्यसैगरी ओपनर टोनी उराले ३८ रन बनाए भने नोरमान भानुआले अविजित ४७ रन बनाएका थिए । त्यस्तै हिरी हिरीले ४, सेसे बाउले शुन्य, रिले हेकुरेले ३१, सिमन अटाईले २ र जासन किलाले १३ रन बनाएका थिए ।
पपुवा न्यूगिनीले नेपालविरुद्ध कीर्तिमानी ब्याटिंग गरेको छ । पपुवा न्यूगिनीले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एक इनिग्नमा अहिलेसम्मकै सर्बाधिक रन बनाएको छ । यस अघि पपुवा न्यूगिनीको एकदिवसीय क्रिकेटमा एक इनिंगमा सर्बाधिक रन हङकङविरुद्ध २०१४ मा २६४ रन बनाएको थियो ।
त्यस्तै यस खेलमा नेपाली बलर सोमपाल कामी, कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए ।
सोमपालले ९ ओभरमा ८१ रन दिदै २ विकेट लिए भने दिपेन्द्रले १० ओभरमा एक मेडनसहित ३० रन दिएर २ विकेट लिए । कमलले ९ ओभरमा ५६ रन दिएर २ विकेट लिए ।
त्यसैगरी सन्दीप लामिछाने र पवन सराफले एक एक विकेट लिएका थिए ।




