विश्व

१७ महिना लामो युद्धपछि टाइग्रे विद्रोहीहरू ‘शत्रुता अन्त्य’ गर्न सहमत

अदिस अबाब । तिग्रेयन विद्रोहीहरू शुक्रबार ‘शत्रुताको अन्त्य’ गर्न सहमत भएका छन् । एक दिन अघि सरकारको अनिश्चितकालीन मानवीय युद्धविरामको घोषणापछि उत्तरी इथियोपियामा लगभग १७ महिना लामो युद्धमा संलग्न तिग्रेयन विद्रोहीहरू शुक्रबार युद्धविराम गर्न राजी भएका हुन् ।

विद्रोहीहरूले शुक्रबार बिहान एएफपीलाई पठाएको एक विज्ञप्तिमा जनाएअनुसार तिनीहरू ‘तत्काल प्रभावकारी रूपमा शत्रुताको अन्त्य लागू गर्न प्रतिबद्ध छन् ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *