समाचार

सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । 

घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले हिजो साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई  ठक्कर दिएको थियो । 

ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *