खेलकुद

नेपाल आज ‘पीएनजी’ सँग भिड्दै

काठमाडौं । नेपालले एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पपुवा न्युगिनीबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पपुवा न्युगिनी पनि नेपाललाई हराएर विजयी शुरुआत गर्न चाहन्छ ।

दुई खेलको एक दिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पपुवा न्युगिनी नेपालको भ्रमणमा आएको हो । दोस्रो खेल शनिबार हुनेछ । युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो । उक्त सिरिजमा नेपालले दुबै खेलमा पपुवा न्युगिनीलाई हराएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *