काठमाडौँ । वेल्स विश्वकप छनौट प्लेअफको फाइनलमा पुगेको छ । वेल्सले विश्वकप प्लेअफको सेमिफाइनलमा अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको हो ।
वेल्सको जितमा ग्यारेथ बेलले दुई गोल गरेका थिए ।
बेलले खेलको २५औँ र ५१औं मिनेटमा गोल गर्दै वेल्सलाई महत्वपूर्ण जित दिलाएका छन् । त्यस्तै अस्ट्रियाका लागि एक गोल मार्सल सबिटजेरले फर्काएका थिए ।
यो हारसँगै अस्ट्रियाको विश्वकप यात्रा समाप्त भएको छ ।
त्यस्तै वेल्सले भने अब प्लेअफको फाइनलमा स्कटल्याण्ड र युक्रेनबीचको विजेतासँग खेल्ने छ । यस खेलको विजेता कतारमा हुने विश्वकपमा छनौट हुने छ ।




