काठमाडौँ । पोर्चुगलले टर्कीलाई पराजित गर्दै विश्वकप फुटबल छनौटको प्लेअफको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलका लागि ओटिभीओ, डिओगो जोटा र माथेस नुनेजले एक एक गोल गरेका थिए ।
त्यसैगरी टर्कीका लागि बुराक यिलमाजले एक गोल फर्काएका थिए ।
यो हारसँगै टर्कीको विश्वकप छनौटको यात्रा समाप्त भएको छ भने पोर्चुगल प्लेअफको फाइनलमा पुगेको छ ।
पोर्चुगलले अब विश्वकपमा छनौट हुन प्लेअफको फाइनलमा उत्तरी मासेडोनियासँग खेल्ने छ । खेल मार्च २९ मा हुने तालिका रहेको छ ।




