खेलकुद

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनौट हुन असफल

काठमाडौँ । इटाली यस बर्ष कतारमा हुने विश्वकप फुटबलमा छनौट हुन असफल भएको छ ।युरोपको छनौट अन्तर्गत प्लेअफका लागि भएको खेलमा उत्तरी म्यासेडोनियासँग १-० गोल अन्तरले पराजति भएपछि इटालीको विश्वकप यात्रा टुंगिएको हो ।

उत्तरी म्यासेडोनियाको जितमा खेलको ९२औं मिनेटमा अलेक्जेन्डर ट्राजकोभस्कीले निर्णायक गोल गरेका थिए ।

यो हारपछि इटालीको विश्वकप यात्रा टुंगिएको छ भने उत्तरी म्यासेडोनियाले भने अब प्लेअफको फाइनलमा पोर्चुगलको सामना गर्ने छ । पोर्चुगलले प्लेअफको सेमिफाइनलमा टर्कीलाई ३-१ ले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब पोर्चुगल र म्यासेडोनियाबीचको विजेता युरोपबाट विश्वकपमा छनौट हुने छ ।

इटाली यसअघि २०१८ को विश्वकपमा समेत छनौट हुन असफल भएको थियो । २०२० को युरोकप च्याम्पियन बनेको इटाली लगातार दोस्रो विश्वकपमा छनौट हुन असफल भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *