विश्व

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन

लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन् ।

सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन् ।

कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।

पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ ।

जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन् ।

प्रधानमन्त्री-निर्वाचित, एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको बलियो राजनीतिक आधार छ जुन पोर्चुगाली समाजमा विविध अनुभवहरू भएका व्यक्तिहरू मिलेर बनेको छ ।

नयाँ मन्त्रीहरुको शपथ ग्रहण चैत ३० गते हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *