समाचार

पूर्वसासंद मिठाराम शर्मा बजगाईं मिर्गौला प्रत्यारोपण गर्न भारत जाँदै

काठमाडाैं । ललितपुरबाट २०४८ सालको प्रतिनिधिसभाको सांसद निर्वाचित सासंद मिठाराम शर्मा बजगाईं बुधबार मिर्गाैला प्रत्यारोपणका लागि भारत जाँदैछन् । 


लामो समयदेखि दुवै मिर्गौला बिग्रेपछि उपचार गराइरहेका पूर्वसासंद बजगाईं केही आर्थिक संकलनपछि भारत जान लागेको हुन् । उनले भने, ‘पैसा नपुग्ने अवस्था भएकाले ऋण लिएर मिर्गाैला प्रत्याराेपण गर्न लागेको छु ।’ 

उनको मिर्गौला प्रत्यारोपण भारतको सिएमआरआई अस्पतालमा हुँदै छ ।  

दक्षिण ललितपुरको बागमती गाउँपालिकाले पूर्व सांसद मिठाराम शर्मा बजगाईंलाई एक लाख ५० हजार उपचार खर्च दिएकाे छ । गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले पूर्वसासंद मिठाराम शर्मालाई उपचार खर्च दिइएको बताए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *