समाचार

शव वाहनमा ठोक्किएर मोटरसाइकल जल्यो, चालक घाइते

काठमाडौँ । भक्तपुरको लोकन्थलीमा शव वाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शव वाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *