समाचार

एक साताभित्र ५५ लाख डोज कोभिड-१९ विरुद्धको खोप आइपुग्ने

काठमाडौं । कोभिड-१९ विरुद्धको ५५ लाख डोज खोप यही मार्चभित्र नेपाल आइपुग्ने भएको छ । चीनबाट ४० लाख डोज साइनोभ्याक र कोभ्याक्स सुविधामार्फत १५ लाख डोज फाइजर खोप नेपाल आउने हो ।

चीन सरकारले अनुदानमा दिएको ४० लाख डोज खोप लिन मार्च २५ र २७ तारिखमा नेपाल एयरलाइन्सको चार्टर्ड विमान त्यसतर्फ जानेछ ।

यस्तै, कोभ्याक्स सुविधामार्फत आउन लागेको ९२ लाख डोज फाइजर खोपमध्ये १५ लाख डोज पनि २८ तारिखमा आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन मिल्ने फाइजर खोपका लागि भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रक्रिया अघि बढिरहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *