समाचार

ललितपुरको सातदोबोटो–चापागाउँ सडक स्थानियद्वारा अवरुद्ध

ललितपुर।ललितपुरको सातदोबोटो–चापागाउँ सडक स्थानियले केही समय अगाडीबाट बन्द गरेका छन् ।

सडकमा धुलो उडेको भन्दै करिब ३० भन्दा बढी स्थानिय भेला भई सुनाकोठी बालकुमारी मन्दिर सडकमा बसेका कारण मुख्य सडक बन्द भएको प्रहरीले जानकारी दिएको छ ।

सडक बन्द हुँदा सवारी आवागमन अवरुद्ध भएको छ ।सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।

सवारी साधन ड्राइभर्सनका कारण सातदोबाटो, जेम्स स्कुल, धापाखेल क्षेत्रमा सवारी साधनको निकै चाप रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *