किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनालाई रुसी सैन्य बललाई रोकिदिएको बताएका छन् । सोमबार एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले रुसी सेनाले बिस्तारै युक्रेनमाथि कब्जा जमाउने प्रयास गरिरहेको भए पनि अहिलेसम्म युक्रेनको सेना उनीहरुलाई रोक्न सफल भएको बताएका छन् ।
जेलेन्स्कीले खारकिभ क्षेत्रमा रुसको अर्को लडाकु विमान पनि खसालेको दाबी गरेका छन् । रुसले गत फेब्रुअरी २४ यता निरन्तर युक्रेनमाथि आक्रमण गर्दै आएको छ ।
यद्यपि युक्रेनको सेनाले रुसी आक्रमणको सशक्त प्रतिकार गर्दै आएका छन् । पछिल्लो केही समययता युक्रेनमा रुसको आक्रमण पनि केही सुस्ताएको छ ।




