राजनीति

निर्वाचन पार्टीको आन्तरिक मतभेदको हिसाब-किताब गर्ने समय होइन : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको निणर्यलाई स्वीकार नगरे स्थानीय तह निर्वाचन जित्न नसकिने बताएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने भिमादमा सोमबार आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले निर्वाचनको वेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निणर्य स्वीकार गरेर अगाडि जानुपर्नेमा जोड दिए ।

‘निर्वाचनको वेलामा आफूलाई चित्त बुझेन भने पनि निणर्यलाई स्वीकार गरेर अगाडि जानुपर्दछ,’ नेता पौडेलले भने, ‘पार्टीको निणर्यलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिँदैन ।’ निर्वाचनको वेला आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरूमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

‘निर्वाचनको वेला आन्तरिक मतभेदलाई उठाउने समय होइन । चित्त बुझेन भने त्यो कुरालाई थाती राख्नुस्,’ उनले भने, ‘भाषणहरूमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस् ।’ आफूलाई नेतृत्वमाथि औंला ठड्याउने मान्छेको रूपमा प्रस्तुत गर्दै पौडेलले सधैँभरि प्रश्न गरिराख्न नमिल्ने पनि जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *