विश्व

युक्रेनको कीभको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु

कीभ । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।

पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको रेट्रोभिलू सपिङ मलको अगाडि छ वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *