खेलकुद

युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो । यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।

आजको खेलमा विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सरार्फलाई टाेलीमा समेटिएकाे छ भने युवा ओपनर आसिफ शेख, तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा बसेका छन् ।

नेपाली टाेलीः-

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकिपर), पवन सरार्फ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, विक्रम सोब र सोमपाल कामी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *