टर्की । टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक पुगेको बताएको छ । टर्कीका विदेशमन्त्री मेभ्लुत चोभाशुग्लुले युद्धका कारण नागरिकको ज्यान गएका बेलामा सहमति गर्न सजिलो नहुने तर यसको बाबजुद पनि आफूहरु सहमतिका लागि अगाडि बढिरहेको बताएका छन् ।
उनले वार्ताको दुवै टोलीसित आफ्नो सम्पर्क भइरहेको पनि बताएका छन् । उनले केही दिनअघि युक्रेन र रुसको यात्रा गरेका थिए । युक्रेन र रुस दुवैसँग सुमधुर सम्बन्ध भएको टर्कीले युद्ध रोक्न मध्यस्थकर्ताको भूमिका निभाउने प्रयास गरिरहेको छ ।




