विश्व

युक्रेन युद्धले एक करोड मानिस घर छोड्न बाध्य : राष्ट्रसंघ

जेनेभा । युक्रेनमाथि रुसी आक्रमणका कारण एक कराड मानिस घर छोड्न बाध्य भएको संयुक्त राष्ट्र संघीय शरणार्थी नियोग (यूएनएचसीआर) ले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको तीन साता बितिसकेको छ ।

यूएनएचसीआरका उच्च आयुक्त फिलिप्पो ग्रान्डीले ट्वीट गर्दै युक्रेनमा भएको विनाशकारी युद्धमा एक करोड मानिस देशभित्र विस्थापित भएको वा विदेशमा शरणार्थी भएका बताएका छन् ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार फेब्रुअरी २४ मा आक्रमण शुरु भएयता ३४ लाख मानिसहरूले युक्रेन छोडेका छन् । यसमध्ये २० लाख मानिस छिमेकी पोल्याण्डमा पुगेका छन् । करिब ६५ लाख आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *