समाचार

पर्वतारोहणको सङ्घको निर्वाचन जेठ तेस्रो साता

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।

सङ्घको आज भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको छ ।

सङ्घका महासचिव कुलबहादुर गुरुङ्का अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न सङ्घको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।

उक्त आयोगमा अधिवक्ता डा गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन् ।

साथै, सङ्घले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण सङ्घ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *