समाचार

मलद्वारमा लुकाएर ल्याएको १२ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । दुवईबाट काठमाडौं आएका एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । भारतको पञ्जाब घर भएका शुभम् मेहरा सुनसहित पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले मेहराले मलद्वारमा लुकाएर ल्याएको १,२७० ग्राम सुन बरामद गरेको छ । नेपाल वायुसेवा निगमको जहाँबाट काठमाडौं ओर्लिएका उनलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र सुन फेला परेको थियो । धुलो सुनको डल्लो बनाएर उनले मलद्वारमा लुकाएको पाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *