मस्को । रुसले युक्रेनमा हाइपरसोनिक मिसाइल हानेको छ । रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको हो । नयाँ हाइपरसोनिक क्षेप्यास्त्रबाट युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ ।
‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरूसहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो’, रुसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।




