एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
गत २४ घण्टामा चार लाख ३१ हजार ९७३ जनाको कोरोना परिक्षण गरिएकोमा एक हजार ७६१ जनामा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ । यद्यपी शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार दुई हजार ७५ जनामा यो सङ्क्रमण देखिएको थियो ।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २६ हजार २४० पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०।०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार १९६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।




