विश्व

पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठुलो विस्फोट

इस्लामाबाद । उत्तरी पाकिस्तानी सहर सियालकोटमा निकै ठुलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचार माध्यमले आइतबार जनाएका छन् ।

पन्जाब प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको हो। उत्तरी पाकिस्तानको सियालकोट सैन्य आधारमा थुप्रै विस्फोटका आवाज सुनिएका छन्। यो गोला बारुद भण्डारण क्षेत्र हो।

त्यहाँ ठुलो आगो बलिरहेको छ। विस्फोटको कारण अझै पत्ता लागेको छैन, मिलाप दैनिकका सम्पादक ऋषि सुरीले ट्विटरमा उल्लेख गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *