विश्व

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रवासीको शव प्राप्त

ट्युनिस । ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रवासीहरूको शव प्राप्त भएको छ ।

शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शव भेटिएको यहाँको एक रेडियो स्टेसनले जनाएको छ ।

यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो ।

ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रवासीहरूले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो ।

उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *