काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन कांग्रेसको चाहना नभई मुलुकको आवश्यकता भएको बताएका छन् ।
नेपाली काग्रेस काठमाडौं क्षेत्र नं १० ले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले केपी ओलीले जनमतको अपमान गरेर संविधानविपरित चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताए ।
उनले स्थानीय चुनावमा गठबन्धन गर्नेबारे कार्यकर्ताको सुझावका आधारमा केन्द्रीय समिति बैठकमाट धारणा ल्याउने बताउँदै भने, ‘गठबन्धन अहिलेको अवस्थमा देशकै लागि आवश्यक छ ।’ उनले जनताको घरघरमा पुगेर वास्तविकता बुझाउन कार्यकर्तालाई आग्रह गरे ।
नेता सिंहले मुलुकमा संकट आउँदा कांग्रेसको काँधमा जिम्मेवारी आउने गरेको बताउँदै जनतालाई भ्रममा राख्ने काम काँग्रेसले नगर्ने बताए ।
कम्युनिस्टहरु भ्रमको खेती गर्न सिपालु रहेको भन्दै नेता सिंहले कांग्रेसको अगुवाइमा भएका कामबारे प्रचार–प्रसार गरी पार्टीको पक्षमा मत माग्न सिंहले कार्यकर्तालाई निर्देशन दिए ।




