काठमाडौँ । यस सिजनको युइएफए युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।
यस सिजनको युरोपा लिगमा जर्मनी लिग बुण्डेसलिगाका दुई क्लब एनट्राचट फ्रान्कफर्ट र आरबी लेइपिंग क्वाटरफाइनलमा पुगेका छन् भने प्रिमियर लिग, फ्रेन्च लिग वान, ला लिगा, सिरी ए, पोर्चुगीच लिग र स्कटिस लिगबाट एक एक क्लब क्वाटरफाइनलमा पुगेका छन् ।
राउण्ड १६ मा आरबी लेइपजिंगले रुसी क्लब स्पार्टक मस्कोसँगको खेल युइएफएले नै रद्ध गरेका कारण लेइपजिंग सिधै क्वाटरफाइनलमा पुगेको थियो । युइएफएले रुसले युक्रेनमा गरेको आक्रमणलाई कारण बनाएर रुसी क्लबलाई आफ्ना प्रतियोगितामा प्रतिबन्ध लगाएको थियो ।
क्वाटरफाइनलमा पुग्ने ८ टिममा एनट्राचट फ्रान्कफर्ट, आरबी लेइपिंग, वेस्टह्याम युनाइटेड, लियोन, एटलान्टा, ब्रागा, रेन्जर्स र बार्सिलोना रहेका छन् ।
अब क्वाटरफाइनलको ड्र आजै हुने युइएफएले जनाएको छ । त्यस्तै क्वाटरफाइनलको पहिलो लिगको खेल अप्रिल ७ मा र दोस्रो लिग अप्रिल १४ मा हुने छ ।




