विश्व

रुसले समुन्द्री बाटो हुदै युक्रेनमा सेना र लडाकु सवारी साधन पठाउदै

काठमाडौँ । जापानले रुसले समुद्री बाटो हुदै युक्रेनमा सेना र हतियार पठाएको बताएको छ । जापानको रक्षा मन्त्रालयले रुसले मङ्गलबार र बुधबारको बीचमा उत्तरपूर्वी जापानको त्सुगारु स्ट्रेटबाट चारवटा रुसी युद्धपोत गएको उल्लेख गरेको छ ।

रक्षा मन्त्रालयले सम्भवतः युक्रेनमा सेना र लडाकु सवारी साधनहरू ढुवानी गरेको हुनसक्ने बताएको छ ।

जापानको रक्षा मन्त्रालयले भनेको छ- ‘जापानको रक्षा मन्त्रालयले उच्च सतर्कताका साथ रुसी सेनाको अवस्था र आन्दोलनको निगरानी जारी राख्ने छ ।

त्सुगारु स्ट्रेटले जापानको सागरलाई प्रशान्त महासागरसँग जोड्छ र जापानका दुई ठूला मुख्य टापुहरू, होन्शु र होक्काइडोको बीचमा अवस्थित रहेको छ ।

यसै बीच बेलायतको रक्षा मन्त्रालयले जारी गरेको सार्वजनिक खुफिया जानकारीमा युक्रेनमा भएको ठूलो क्षतिका कारण रुसले आफ्नो पूर्वी सैन्य जिल्ला, प्यासिफिक फ्लीट र आर्मेनियाबाट सेनाहरू पुन: परिचालन गरिरहेको उल्लेख गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *