काठमाडौं । होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर । तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन । यहाँंको होली यौनसँंग पनि जोडिएको छ । यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो, मोटो लिंग प्रदर्शनमा राखिएको छ ।
यहाँं लिंगको प्रदर्शन मात्रै होइन यौन सम्पर्क गरिराखेको दृश्य छ । भक्तपुर नगरपालिका–९ दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तल्लामा भीमसेनको लिंगको प्रतिकको रुपमा रहेको करिब तीन फिट लामो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य त्यहाँं राखिएको छ । यो लिङ्गको टुप्पोमा कपास झुन्ड्याइएको छ । यौन सम्पर्क गर्दा वीर्य खसेको देखाइ लिंगको टुप्पोमा सेतो कपास झुण्डाई राखिएको हो । यहाँ कपासलाई वीर्यको प्रतीकको रूपमा लिने गरिन्छ ।
प्रत्येक वर्ष होलीको क्रमको परम्पराअनुसार त्यहाँं यस्तो गरिएको हो । यो दृश्य हेर्न र लिंगलाई पूजा गर्न आउनेहरू पनि उतिकै भेटिन्छन् । होलीको एक हप्ता अघिदेखि स्थानीय बासिन्दाहरू द्रोपदीको योनीमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । यसले पारिवारिक सुख र दीर्घायू मिल्ने विश्वास गरिन्छ । भक्तपुरको होली संस्कृति र जीवनशैलीसँग मात्र नभई प्रजनन स्वास्थ्यसँग पनि जोडिएको बताइन्छ ।




