राजनीति

दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको महाधिवेशन पुनः स्थगित भएको छ ।

यसअघि चैत ७ देखि ९ सम्म बुटबलमा हुने तय भएको महाधिवेशनलाई रोकिएको हो । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गर्न निर्देशन दिइएको हो ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीका अनुसार महाधिवेशन अनिश्चितकालको लागि स्थगित गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले दलित नेता शम्भु हजारा पासवानलाई फोन गरी महाधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए ।
२०७३ सालमा हुनपर्ने संघको महाधिवेशन हालसम्म सर्दै आएको छ । २०७३ सालमै सबै जिल्लाको अधिवेशन भने सकिसकेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *