खेलकुद

यु-१८ महिला साफ: दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । पहिलो खेलमा आयोजक भारतसंग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ ।

जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ । यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ ।

यता, बंगलादेश समेत पहिलो खेलमै जित निकाल्न चाहन्छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *