राजनीति

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं।एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो ।

नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ ।

बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *