समाचार

राष्ट्रपति भण्डारीसँग साउदी विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा आएका साउदी अरबका राजकुमार एवं विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शिष्टाचार भेट गरेका छन् ।

आज (मंगलबार) शीतलनिवासमा भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आजै परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्र मन्त्रीस्तरीय बैठकमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *