विचार

नौकुण्डबासीको सल्लाहमा पालिकाको नेतृत्व गर्ने आकांक्षा राखेको हुँ, पछि हट्ने मनस्थिति छैन : युवा नेता न्यौपाने

काठमाडौं । मुलुक स्थानीय तह निर्वाचनमय बन्दै गएको छ । स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै शहरी क्षेत्रदेखि ग्रामीण तहसम्म राजनीतिक पार्टी यतिबेला चुनावी गतिविधिमा केन्द्रित छन् ।

स्थानीय तह अधिकार सम्पन्न भएकाले यसको नेतृत्व लिन राजनीतिक दलहरु बीच र पार्टीभित्रै पनि होडबाजी चल्नु स्वभाविक हो । निर्वाचित प्रतिनिधिका लागि आफ्नो पालिकाको मुहार फेर्ने र आफ्नो राजनीतिक भविष्यको श्रीवृद्धि गर्न प्रत्येक पाँच वर्षमा प्राप्त हुने सुनौलो अवसर पनि हो ।

यसपटकको स्थानीय तह निर्वाचनमा युवा उम्मेदवारहरु बढी आकांक्षी देखिएका छन् । युवाहरु आफ्नो पालिकाको मुहार फेर्न स्पष्ट मार्गचित्रसहित आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् । रसुवाको नौकुण्ड गाउँपालिकालाई देशकै उत्कृष्ट पालिका बनाउने उद्देश्यले राजनीतिमा होमिएका युवा हुन बिष्णुप्रसाद न्यौपाने ।

रसुवा नौकुण्ड–५ का विष्णुप्रसाद न्यौपाने सामान्य चिकित्सा तथा औषधि विज्ञ हुन । पारिवारिक राजनीतिक पृष्ठभूमिका साथै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय भएका न्यौपाने आफ्नो गाउँ ठाउँको मुहार फेर्ने योजनाका साथ अघि बढिरहेका छन् । आफ्नो अडानप्रति प्रतिबद्ध, छलकपट नजान्ने समाजसेवी, बुद्धिजीवी, लोकप्रिय युवा न्यौपाने पार्टी र जनताले जिम्मेवारी दिए ग्रमीण र दुर्गम पालिकाका जनताको सेवामा आफ्नो सम्पूर्ण समय खर्चिन तयार रहेको बताउँछन ।

उनी करिब दुई महिनापछि हुन लागिरहेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नौकुण्ड गाउँपालिकाको अध्यक्षको आकांक्षी हुन् । जनभावना अनुरुप पालिकाको विकास निर्माण, सुशासन र सम्वृद्ध पालिका निर्माण गरी पालिकाबासीलाई सुखको श्वास फेर्ने आवस्थाको निर्माण गर्ने लक्ष्यसहित न्यौपानले अध्यक्षको दाबी गर्दै आएका छन् ।

तटस्थ मतदाता र अन्तरपार्टीका मतदाताको समेत मत लिने खुबी आफूमा भएकाले पार्टीले आफूलाई उम्मेदवार बनाए पालिकामा कांग्रेसको झण्डा फहराउने उनले दबी गरे । छवटै वडाको भूगोल र वडाका जनताको सुख दुःखसँग परिचित भएकाले सहजरुपमा चुनाव जित्ने उनको दाबी छ ।

सम्वृद्ध पालिका निर्माणको परियोजना शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, मनोरञ्जन, व्यवसायिक पशुपालन र आधुनिक कृषि प्रणाली तथा प्रविधिमैत्री पालिका निर्माण गर्ने आफ्नो योजना रहेको उनी सुनाउँछन् ।

प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र प्रजातान्त्रिक अभ्यास हुनुपर्ने उनको मत छ । पर्टीभित्र निषेध, भागवण्डा र दमनको राजनीति अन्त्य गरी पार्टीभित्र सबैको सम्मानजना उपस्थिति हुनुपर्ने र योग्यता क्षमता कार्यकौशलता र जनभावना अनुरुप जिम्मेवारी बाँडफाँड हुनुपर्ने उनी बताउँछन् । पार्टीभित्र नयाँ पुरानो भन्दा पनि सवल, सक्षम, दक्ष, लोकप्रिय र नियम कानून बुझेको लेखपढ तथा भाषिक दख्खल भएको व्यक्ति नेतृत्वमा आउनुपर्ने उनको जोड छ ।

नौकुण्डबासीले शिक्षित सक्षम र सवल युवा नेतृत्व खोजेकाले आफू पालिका अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडान उनले दोहो¥याए । उनले थपे– ‘स्थानीय युवाहरुको समर्थन र सहयोगले आफू पालिकाको नेतृत्व गर्ने आकांक्षा राखेको हुँ, यो निर्णयबाट पछि हट्ने मनस्थितिमा म छैन ।’

पालिकालाई २० बर्ष पछि धकेल्ने कि २० बर्ष अगाडि लैजाने भन्ने निर्णय गर्ने अधिकार पार्टी नेतृत्व र पालिकाबासीको हातमा रहेको भन्दै सम्वृद्ध पालिका निर्माण गर्ने आफ्नो अभियानमा साथ दिन उनले पार्टीका नेता तथा पालिकावासीसँग अपिल गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *