खेलकुद

श्रीलंकाविरुद्धको टेस्ट सिरिज भारतद्वारा क्लीन स्वीप

काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको दोस्रो टेस्ट २३८ रनले जितेको छ ।भारतले दिएको ४४७ रनको लक्ष्य पछाएको श्रीलंकाले खेलको पाँचौ दिन २०८ रन बनाएर अल आउट भएपछि भारत २३८ रनले विजयी भएको हो ।

यसअघि भारतले पहिलो इनिंगमा २५२ रन बनाएको थियो भने श्रीलंका आफ्नो पहिलो इनिंगमा १०९ रन बनाएर अल आउट भएको थियो ।

त्यस्तै भारतले आफ्नो दोस्रो इनिंग ९ विकेट गुमाएर ३०३ रन बनाएपछि पारी घोषित गरेको थियो ।

यो जितसँगै भारतले श्रीलंकाविरुद्धको २ खेलको टेस्ट सिरिज २-० ले जितेर क्लीन स्वीप गरेको छ । यस अघि पहिलो टेस्ट भारतले एक इनिंग र २२२ रनले जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *