विश्व

युक्रेन मुद्दामा अमेरिकाले ‘विकृत सूचना’ फैलायो- चीन

बेइजिङ । बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले “विकृत सूचना” फैलाएको आरोप लगाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने: “अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ ।”

यस अघि अमेरिकी मिडियाले रुसले चीनसँग हतियार र आर्थिक सहयोग मागेको विषय सार्बजनिक गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *