विश्व

रुसविरुद्धको लडाइमा हालसम्म १३ सय युक्रेनी सेना मारिए- राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसविरुद्धको लडाइमा अहिलेसम्म १३ सय युक्रेनी सेनाको मृत्यु भएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलन गर्दै राष्ट्रपति जेलेन्स्कीले १७ दिनको लडाईमा १३ सय युक्रेनी सैनिकले ज्यान गुमाएको बताएका हुन् ।

युक्रेनले पहिलो पटक आफ्नो तर्फबाट ज्यान गुमाएका सैनिकको आधिकारिक जानकारी सार्बजनिक गरेको हो ।

यसअघि युक्रेनले अहिलेसम्म १२ हजार भन्दा बढी रुसी सेनाको ज्यान गएको दाबि गरेको थियो । तर अमेरिकी खुफिया एजेन्सीले भने अहिलेसम्म करिब ६ हजार रुसी सेनाले ज्यान गुमाएको तथ्यांक सार्बजनिक गरेको थियो ।

राष्ट्रपति जेलेन्स्कीले पत्रकार सम्मेलनमा शुक्रबार मात्र करिब ५००-६०० रुसी सेनाले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा उनले भने- ‘मानिसहरूको टाउको र दिमागमा कब्जा गर्न सम्भव छैन । शहर र शहरहरूको कब्जा अस्थायी हो, सधैंको लागि होइन । म त्यसमा विश्वस्त छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *