कला/साहित्य

लेखक श्रेष्ठको नेपाली जनजाति संस्कार र संस्कृति दोस्रो सस्करण लोकार्पण

काठमाडाैं।लेखक एवम् साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नेपाली जनजातीय संस्कार र संस्कृति दोस्रो सस्करणको पुस्तक बिमोचन गरिएको छ । शनिबार नेपाली काङ्ग्रेस पार्टी कार्यलय बिदुरमा एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेसका प्रबक्ता एवम् पूर्ब मन्त्री डा‍. प्रकाशशरण महतले पुस्तकको बिमोचन गरेका हुन ।

पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै डा.महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज र अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए। देशका सवै जातजाती, भूगोल, ईतिहास, धर्म, समुदायको अध्ययनले देश बुझ्न सजिलो हुने भएकोले आम नागरिकलाई देशको अवस्था बुझाउन र आफूले बुझ्नपनि अध्ययनको बानी बसाउन उहाले आग्रह समेत गरे।

पुस्तकमा नेपालमा रहेका विभिन्न जातजातीको संस्कार, संस्कृती र जीवनशैलीवारे लेखिएको छ । पहिलो संस्करण पाठकहरुले अत्यन्तै रुचाएपछि दोश्रो संस्करण लिएर आएको बताउदै साहित्यकार श्रीराम श्रेष्ठले विभिन्न जातजातिको पाठकहरुले पनि वुझ्न सक्ने गरी पुस्तक प्रकाशन गरिएको छ । नेपालको विभिन्न २० जातजातिको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमूलक पुस्तक बारे साहित्यकार मुकुन्दराज अर्यालले टिप्पणीका साथै चर्चा गरेका थिए। पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुसन्धान मूलक लेखहरू रहेका छन् ।

५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, पूर्वसभापति ध्रुव अधिकारी, जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङ, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिङ तामाङ, नेपाल उद्योग वाणिज्य महासङका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नुवाकोट अध्यक्ष ताराबहादुर कार्कि, नेपाली काङ्ग्रेस महासमिति सदस्य गिता अमात्य लगायतको सहभागीता रहको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *