टर्की । परराष्ट्रमन्त्री डा. नारायण खड्का र यूएईका अर्थमन्त्री अब्दुल्ला बिन तौंक अल मारीसँग भेटवार्ता भएको छ ।
अन्तर्राष्ट्रिय कुटनीतिक मञ्चमा भाग लिन टर्कीको अन्ताल्या पुगेका मन्त्री खड्काले यूएईका अर्थमन्त्रीसँग साइडलाइन वार्ता गरेका हुन् । भेटवार्तामा दुबै मन्त्रीबीच आपसी आर्थिक सहयोगका सम्भावित क्षेत्रहरूलगायत विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




