काठमाडौं ।यसैबीच युक्रेनमाथि रुसी आक्रमणको १७औँ दिन शुरू हुँदा नेटोले उसका फौजलाई १४ मार्च सोमवारका दिन नर्वे पठाउने जनाएको छ।
२७ देशका करिब ३०,००० सैनिक, २०० विमान र ५० वटा ट्याङ्कहरूले ‘कोल्ड रेसपोन्स २०२२’ अभ्यास गर्ने ठानिएको छ। यसलाई नेटो फौज संलग्न यो वर्षको सबभन्दा ठूलो अभ्यास भनिएको छ।
मार्च १४ मा शुरू हुने यो अभ्यासले पश्चिमा मुलुकहरूलाई ध्रुवीय लगायत चीसो मौसममा जमिनमा, समुन्द्रमा र आकाशमा उनीहरूको युद्ध कौशल तीखार्न मद्धत मिल्नेछ।
यो अभ्यास रुसी सीमाको केही सय किलोमिटर टाढा हुनेछ। मस्कोको युक्रेनमाथि आक्रमण गर्नु अगाडि नै योजना बनाइएको यो अभ्यासको महत्त्व अहिले त्यहाँ भइरहेको युद्धका कारण झन् बढेको छ।
नर्वेका रक्षा मन्त्री अड रोजर एनोकसेनले भने, “यो अभ्यास नर्वे र उसका सहयात्रीहरूका लागि असाध्यै मह्त्त्वपूर्ण छ।”
यो सैन्य अभ्यास १ एप्रिलमा अन्त्य हुने ठानिएको छ।




