शिक्षा / स्वास्थ्य

भरतपुरमा सुत्केरी र नवजात शिशुको मृत्यु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ ।

भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका—४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो ।

गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन् । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले जानकारी दिए ।
भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *