काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राजीनामा दिएका छन् ।
योगी आदित्यनाथले प्रदेशकी राज्यपाल आनन्दी बेन पटेललाई राजीनामा बुझाएका हुन् ।
योगीले अन्तिम मन्त्रिपरिषद बैठक डाकेर राजीनामा बुझाएका हुन् । उनी फेरि उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।
भारतीय जनता पार्टीले उत्तर प्रदेशमा भारी बहुमत ल्याएपछि योगी फेरि मुख्यमन्त्री बन्ने निश्चितजस्तै छ ।




