खेलकुद

अभ्यास खेलमा श्रीलंका-११ सँग नेपाल पराजित

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेटसामू चौथो अभ्यास खेलमा श्रीलंका ११ सँग पराजित भएको छ ।

श्रीलंका-११ ले नेपाललाई ९२ रनले पराजित गरको हो । श्रीलंका-११ ले नेपाललाई दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ३५०२ ओभरमा १४० रन बनाउदै अल आउट भएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४२, कुशल भुर्तेलले ३२, रोहित पौडेलले २१, आरिफ सेखले १३ रन बनाएका थिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको श्रीलंका-११ ले ४८.२ ओभरमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गरेको थियो ।

श्रीलंका-११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई एक सय ४४ रनले पराजित गरेको थियो ।

नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *