एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन्। उनले युक्रेनमा जारी युद्ध-कारबाहीलाई “विशेष सैन्य कारबाही” भनेका छन् ।
“यदि तपाईंले स्वैच्छिक आधारमा (पूर्वी युक्रेनका पृथकतावादीहरूलाई मद्दत गर्न) चाहने मानिसहरू देख्नुभयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रहरूमा जान मद्दत गर्नुपर्छ,” पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भने ।




