राजविराज । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् ।
सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका हुन् । उनले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरेका थिए ।




