काठमाडौँ ।युक्रेनी हवाई फौजले बिहीवार दशवटा रुसी लडाकु विमान र दुईवटा ठूला बख्तरबन्द गाडीहरूको लस्कर ध्वस्त पारेको जनाएको छ।
सु-२५ जेट तथा सु-३४ जेटलाई निशाना बनाइएको एउटा विज्ञप्तिमा जनाइएको छ।
निसाना बनाइएका स्थानबारे भने युक्रेनले केही खुलाएको छैन।
रुसी सेनाले युक्रेनको दाबीबारे कुनै प्रतिक्रिया जनाएको छैन र घटनाको स्वतन्त्रण पुष्टि भइसकेको छैन।




