समाचार

रुसी आग्रहमा सुरक्षा परिषद् बैठक बस्दै

काठमाडौँ ।रुसी आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का कूटनीतिज्ञहरूले शुक्रवार बैठक गर्दैछन्।

रुसले अमेरिकामाथि युक्रेनमा जैविकअस्त्र निर्माणमा सहायता गरिरहेको आरोप लगाउदै त्यसबारे छलफल गर्न सुरक्षा परिषद्‌को बैठक माग गरेको हो।

अमेरिकाले रुसी आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ।

उसले रुससँग त्यसको प्रमाण नभएको बताएको छ।

अमेरिकाले रुसले युक्रेनमा रासायनिक र जैविकअस्त्र प्रयोग गर्नसक्ने चेतावनी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *