विश्व

रुस-युक्रेन युद्धः पुटिन र लुकाशेन्कोबीच आज भेटवार्ता हुँदै

एजेन्सी । रुस र बेलारुसका राष्ट्रपतिबीच आज भेटवार्ता हुँदैछ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भेटवार्ता गर्ने भएका हुन् ।

रुसको राजधानी मस्कोमा हुने भेटवार्तामा जारी युद्ध रोक्ने सन्दर्भमा कुराकानी हुन लागेको रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले बताएका छन् । उनले पत्रकारहरूसँग भने, “हो बेलारुसी राष्ट्रपति आज मस्को आउँदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।”

चलिरहेको युद्ध अन्त्य गर्ने विषयमा केन्द्रीत रहेर दुई राष्ट्रपतिकाबीच भेटवार्ता हुन लागेको सन्देश यसअघि विभिन्न सञ्चारमाध्यमहरूले प्रकाशन/प्रशारण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *