समाचार

युक्रेनबाट चिनियाँ लिएर उडेको जहाज सकुशल अवतरण

बेइजिङ । युक्रेनबाट निकालिएका चिनियाँ नागरिक लिएर दुईवटा अस्थायी उडान आज सकुशल चीन आइपुगेका छन् ।

बिहान ८ः०२ मा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा र दोस्रो उडान ११ः१२ बजे पूर्वी चीनको शानडोङ प्रान्तको जिनानमा आइपुगेका जनाइएको छ । यसअघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता ल्याउन सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *